सुनसरी : प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि धनकुटाको देउराली फुटबल क्लब र विराटनगरको मोतीराम फुटबल क्लब भिड्ने भएका छन्। 
इटहरी रङ्गशालामा आज सम्पन्न अन्तिम सेमिफाइनलमा झापाको शनिश्चरे फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै देउरालीले मोतीराम सँगको उपाधि भिडन्त पक्का गरेको हो । देउरालीको जितमा म्यान अफद म्याच सञ्जय रम्तेलले २ गोल गर्दा बिनम लिम्बुले एक गोल गरे । 
पराजित शनिश्चरे फुटबल क्लबका विशाल दर्जीले एक गोल फर्काए। फाइनल खेल भोलि हुनेछ। प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा जारी प्रतियोगितामा विजेताले नगद २ लाख पुरस्कार पाउँदा उपविजेताले नगद १ लाख रुपैयाँ पाउने इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले बताए । बुधवार हुने फाइनल खेलमा गायिका ज्योति मगरको संगितिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।