चतरा : वराहक्षेत्र नगरपालिकाले स्थानिय २२ जना ज्येष्ठ नागरिक र २ जना पत्रकारलाई सम्मान गरेको छ । मङ्गलवार नगरपालिकाले दशौं नगरसभामा प्रत्येक वडाका २-२ जना ज्येष्ठ नागरिक, नेपाल पत्रकार पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई र ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीलाई सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान सँगै स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषध र नगर १० हजार र यातायात खर्च १ हजार प्रधान गरिएको थियो । त्यस्तै वराहक्षेत्र २ निवासी भीषण राई पत्रकारहरूको छाता सङ्गठन पत्रकार महासङ्घको केन्द्रीय सदस्य निर्वाचित भएर वराहक्षेत्रको गौरव बढाएको सम्मान गरिएको थियो ।
वराहक्षेत्रको पत्रकारिताको विकासमा योगदान पुर्‍याएका कोसी सम्मान साप्ताहिक पत्रिकाका सम्पादक, प्रकाशक एवम् ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्यकुमार कार्कीलाई पनि सम्मान पत्रले सम्मानित गरिएको थियो ।