धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गरेका हुन् । 
निर्वाचन कार्यालयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराज श्रेष्ठको मनोनयन दर्ता भएको छ। विजय यसअघिको निर्वाचनमा गिरिधारी सापकोटासँग झिनो मतले पराजित उम्मेदवार हुन् भने पवन पूर्व अध्यक्ष हुन् । शिवराज हालका उपाध्यक्ष हुन् । विजय लोकतान्त्रिक प्यानलका र शिवराज वामपन्थी प्यानलका हुन भने पवन अहिलेसम्म स्वतन्त्र उम्मेदवारको रूपमा देखिएका छन् । 
उता विजय श्रेष्ठ प्यानलका ४ जना सदस्य विजय श्रेष्ठ प्यानलका ४ सदस्य निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट तर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्विरोध निर्वाचित हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् । उद्योग महिलामा १ पदको लागि एक जना स्तुति श्रेष्ठको मात्र नाम मनोनयन दर्ता भएपछि उनी पनि सर्वसम्मत भएकी हुन् । चारै जना निर्विरोध निर्वाचित भएका सदस्यहरू आफू विजय श्रेष्ठ प्यानल भएको घोषणा गरेका छन् । 
त्यस्तै वाणिज्य ८ पदका लागि २१, उद्योग सदस्य ४ पदका लागि ८, वस्तुगत तर्फ २ पदका लागि ५ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको डा शर्माले जानकारी दिए । आइतबार दर्ता भएको उम्मेदवारी उपर दाबिविरोध र मनोनयन फिर्ता पछि १४ गते साढे ३ बजे अन्तिम नामावली प्रकाशित हुने उनले बताए । मतपत्रमा उम्मेदवारको नामावली देवनागरी वर्णानुक्रम अनुसार उनको भनाई छ ।
sunsari-ubasang-ummedwari