धरान : हिजो देखिको भारी वर्षाको कारण बाढी र डुबानबाट सुनसरीका ६ पालिका प्रभावित भएको भएको छ । 

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ५ र ७ मा सयौँ घर सुनसरी खोलाको बाढीले डुबान गरेको छ । भोक्राहानरसिंह ७ मा १५० घर पुर्णरुपमा डुबानमा परेको र १८८ घर आंशिक डुबानमा परेको र ३ सय घर सामान्य डुबानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।  

Badi-10सुनसरीको अरू पालिकाहरू इटहरीको ८ र ५ नम्बर वडामा डुबान भएको छ । यसै गरी वराहक्षेत्र नगरपालिकामा ब्रह्मानन्द खोलामा पहिरोले बाटो पुरेपछि चतरा वराहक्षेत्र भित्री सडक खण्ड अवरुद्ध भएको छ । यसै गरी सोही नगरपालिकाको ४,५,८,१० र ११ नम्बर वडाका केही बस्तीहरूमा डुबान भएको छ । 

Badi-9दुहबी नगरपालिकाको वडानं. ४ मा डुबान भएको र बुढी खोलामा आएको बाढीले कटान गर्दा शोभाकुमारी चौधरी र विकास विकको घर भत्किएको छ । सो परिवारका ९ जनालाई उद्धार गरी बीपी आधारभूत विद्यालयमा राखिएको छ । दुहबी १२ ठेका टोलामा टेङ्ग्रा खोलाको बाढी पसी डुबान भएपछि चिमढी जाने भित्री सडक खण्डको करिब २ मिटर कालोपत्रे सडक जेसिवीले भत्काइएको छ । इनरुवा ८ को उराव टोलमा सुनसरी खोलामा आएको बाढीले २० घर डुबान गरेको छ ।

Badi-4हरीनगर गाउँपालिका ५ वसन्तपुरमा केही घर परिवार डुबानमा परि विस्थापित भएका छन् । यसै गरी बर्जू गाउँपालिका ५ गुरुङ टोलमा ८ परिवार डुबानमा परेर विस्थापित भएका छन् । यस्तै बर्जू ६ चिमडीमा करिब ४० घर परिवार डुबानमा परि विस्थापित भएका छन् । विस्थापितहरूलाई वडा कार्यालय नजिकै रहेको खाली जमिनमा १ सय जनालाई पाल टाँगेर राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरी जिल्लाका नदी तथा खोलाहरूमा पानीको बहाव बढेर बस्ती डुबानमा परे पनि मानवीय क्षति भने नभएको बताइएको छ । 

Badi-6Badi-7Badi-5Badi-3Badi-1Badi-2