धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा मतदान सम्पन्न भएको छ । 

२९७७ मतदाता रहेको सङ्घको निर्वाचनमा २२७८ मत अर्थात ७६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत डा.राजेन्द्र शर्माले जानकारी दिए । 

शर्माका अनुसार अध्यक्षमा २२७८, वाणिज्य तर्फ १४००, उद्योग तर्फ ७८२ र बस्तुगत तर्फ १९ मत खसेको छ । सङ्घको अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरिरहेका छन् । विजय श्रेष्ठ, शिवराज श्रेष्ठ र पवन अग्रवालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

यसै गरी सङ्घको वाणिज्यतर्फ ८ पदका लागि १७, उद्योग तर्फ ४ पदका लागि ६, वस्तुगत तर्फ २ पदका लागि ४ र  वाणिज्य तर्फको १ महिला सदस्यको लागि २ जनाको उम्मेदवारी परेको थियो । आज सौहार्दपूर्ण तरिकाले सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा मतदान गर्ने कार्य सम्पन्न भएको र भोलि मंगलबार बिहान ८ बजे देखि मतगणना हुने बताइएको छ ।

Ubasangh-nirbachan-bUbasangh-nirbachan-dUbasangh-nirbachan--eUbasangh-nirbachan-cUbasangh-nirbachan-a