सङ्खुवासभा : गृहमन्त्री बालकृष्ण खाँणले सङ्खुवासभाको चैनपुर नगरपालिका-१० दुम्कटामा भएको ट्र्याक्टर दुर्घटनाका घाइतेलाई स्वास्थ्य संस्थामा पुर्याउने र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक विशाल सिलवाललाई घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
घाइतेको उपचारको अभाव हुन नदिन गृहमन्त्री खाँणले निर्देशन दिएको र त्यसै अनुरूप आफूहरूले बिरामीहरूलाई अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाएको प्रजिअ खतिवडाले बताए ।