उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित सिमल डाँडामा रहेको तेली खोलामा वडा नं. ३ को अगुवाइमा आज जनश्रमदान मार्फत तटबन्ध निर्माण गरिएको छ ।
उर्लाबारी–३ वडा कार्यालयको अभियान अन्तर्गत सो काम सम्पन्न गरिएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले हरेक महिनाको एक दिन वडाको विकासे कामका लागि जनश्रमदान गर्न वडावासीलाई आग्रह पनि गरेका छन् । 
आज सम्पन्न अभियानमा उर्लाबारी नगर प्रमुख गङ्गा खरेल, उप-प्रमुख मिना पौडेल, वडा नं. ३ का वडाध्यक्ष सँगै सम्पूर्ण वडा सदस्य, वडाका कर्मचारी, सालबारी एकता क्लब, मङ्गलवारे युवा क्लब, सञ्चारकर्मी, वडावासी, स्काउट उर्लाबारी, मङ्गलवारे प्रहरी, वडा नं.-२  वासी र वडा र नं. ७ का स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो ।
urlabari-public-2