धरान : धरानका मेयर हर्क साम्पाङको अभियानमा साथ दिन आज धरानको निशाने खोलामा हजारौँले श्रमदान गरेका छन् ।

धरानको खानेपानी समस्या समाधानका लागि धरान आसपासका खोला खोल्सीबाट खानेपानी सङ्कलन गरेर खानेपानी समस्या समाधान गर्नका लागि मेयर साम्पाङले थालेको अभियानले निकै राम्रो सफलता पाएको भन्दै धरानेले मेयर साम्पाङलाई साथ दिइरहेका छन् । 

Nishane-1धरान-२० पकुवा खोलाबाट धरान ११ र १७ का बासिन्दालाई खानेपानी खुवाउने योजनाका साथ पकुवा खोला खानेपानी योजना पछि मेयर साम्पाङले धरानको निशाने खोलाबाट खानेपानी ल्याउने अभियानका साथ फेरि अर्को अभियानको थालनी गरेका छन् । 

निशाने खोलाबाट खानेपानी ल्याउने मेयर साम्पाङको योजनालाई साथ दिन आज धरान र धरान बाहिरका गरी हजारौँ सर्वसाधारणले निशाने खोलामा श्रमदान गरेर मेयर साम्पाङको अभियानमा साथ दिएका छन् । 

Nishane-2विशेष गरी पूर्व ब्रिटिस गोर्खा सैनिकहरूले मेयर साम्पाङको अभियानमा साथ दिन भौतिकरुपमै उपस्थित भएर लाखौँको सहयोग पनि गरेका छन् । मेयर साम्पाङले बर्खा याममा निशाने खोलाबाट खानेपानी ल्याएर धरानवासीलाई खुवाउने र चारकोशे जङ्गलको भूमिगत पानी तान्न लाग्ने विद्युत खर्च कटौती गर्न यस्तो अभियान गरिरहेको मेयर साम्पाङले बताए । उनले धरानको सर्दु खोलाबाट मिनी हाइड्रो पावर समेत सञ्चालन गर्ने तयारीमा लागेको र यसका लागि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका प्राविधिकहरुसंग परामर्श थालेका काम पनि थालिसकेका छन् ।  

Nishane-4Nishane-3Nishane-7Nishane-8Nishane-9Nishane-6