धरान : धरानकै प्रतिष्ठित होटेल गजुर प्यालेस र मेगा बैङ्क बिच सम्झौता भएको छ । होटेलमा बैङ्किङ कारोबार बढाउने र ग्राहकलाई थप सुविधा दिने उद्देश्यले सम्झौता गरिएको हो । 
सम्झौता सँगै मेगा बैकका खातावालाले होटेल गजुर प्यालेसको लजमा २० प्रतिशत र फुडमा ५ प्रतिशत छुट पाउने भएका छन् । प्यालेसका प्रबन्ध निर्देशक अनुप आचार्यका अनुसार बैकको एटिएम कार्ड देखाउने ग्राहकले छुट पाउने व्यवस्था मिलाइएको हो । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखिएको बताउँदै उनले यस सम्झौताले बैङ्किङ कारोबार बढाउने विश्वास व्यक्त गरे । 
मेगा बैक धरान शाखाका म्यानेजर सविन श्रेष्ठका अनुसार होटेलका ग्राहकले मेगा बैकमा खाता हुँदा छुट पाउने भएपछि खातावाला वृद्धि हुने बताए । एक आपसमा दुवैलाई फाइदा पुर्याउने हेतुले सम्झौता गरिएको उनको भनाई छ । खातावाला देखी बैङ्क र होटेल सबैलाई फाइदा पुग्ने गरी सम्झौता गरिएको उनले प्रस्ट पारे ।