विराटनगर : आनन्द इँटाले ल्याएको 'हात खाली नजाने उपहार' अन्तर्गत तीन महिनामा १० लाख बढीको पुरस्कार बाढेको छ। आनन्द, अनन्त र आँगन इँटा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए ।
आनन्द, अनन्त र आँगन इँटा मध्ये कुनै पनि तीन हजार इँटाको खरिदमा एक थान स्क्राच कुपन ग्राहकले पाउँछन् । उक्त कुपन स्क्राच गर्दा आनन्दले हात खाली नजाने उपहार योजना ल्याएको निर्देशक अग्रवालले बताए । सोही उपहार योजना अनुसार बम्पर पुरस्कार स्कुटर राखेका छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म नगद उपहार रहेको छ ।
हात खाती नजाने उपहार अन्तर्गत विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी पाएका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रवीण कुमार ठाकुरले टिभी पाए । उनीहरूलाई बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले उक्त पुरस्कार हस्तान्तरण गरे ।
वैशाखबाट सुरु भएको हात खाली नजाने उपहार योजना दसैँ र तिहारसम्म लैजाने तयारी गरिएको छ । उपहार योजना ल्याएपछि आनन्दको इँटा खरिद गर्ने उपभोक्ता बढेको निर्देशक अग्रवालले बताए । अहिले २५ प्रतिशत इँटा  बिक्री बढेको उनले बताए । अहिले दैनिक १ लाख बढी इँटा बिक्री वितरण भइरहेको छ  ।
एक सालमा ८ वटा चिम्नीबाट २ करोड ५० लाख आनन्द, आँगन र अनन्त इँटा उत्पादन हुने गरेको निर्देशक अग्रवालले जानकारी दिए । आनन्दले १ नं. इँटा २३ रुपैयाँ प्रतिगोटा बिक्री गर्दै आएको छ ।