इटहरी : प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बिहीबार देखी इटहरीमा सुरु भएको ३ दिवसीय "आधारभूत पत्रकारिता तथा सार्वजनिक भाषणकला तालिम" शनिवार सम्पन्न भएको छ।
स्थानिय पिसजोन आवासीय मा.बि.को हलमा  सम्पन्न तालिममा इटहरी क्षेत्रका विभिन्न वडा र कलेजबाट ८२ जना सहभागी भएको सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए।
सहभागीहरूलाई दुई समूहमा राखेर प्रशिक्षण दिइएको थियो। पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागीहरूको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए। तिन दिनसम्म महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक एवम् कोसीपत्र दैनिकका सम्पादक राजेश विद्रोही, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई र तीर्थ कार्कीले तालिमको सहजीकरण गरे।
तालिमको पहिलो दिन सेन्टरका केन्द्रीय उप-महासचिव राजन केडि र केन्द्रीय सदस्य अर्जुन शर्माले सहभागीहरूलाई पत्रकारिताको महत्त्वको बारेमा प्रस्ट पारे। तालिमबाट अगाडि गएर बोल्न आत्मविश्वास बढ्नुका साथै पत्रकारिता सम्बन्धी आधारभूत ज्ञान प्राप्त भएको सहभागी मनीषा घिमिरेले बताइन। त्यस्तै पत्रकारिता के हो ? भन्ने बारेमा आधारभूत कुरा सिक्न पाएको अर्का सहभागी सुवास खत्रीले अनुभव सुनाए।
सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, सञ्चार विज्ञ एवम् बाम बुद्धिजीवी राजेन्द्र किराति, महासङ्घका पूर्व अध्यक्ष एवम् सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, नवीन दाहाल, अर्जुन पौडेल, प्रदीप घिमिरे लगायतले प्रमाण-पत्र वितरण गरे।
सेन्टरका जिल्ला सह-सचिव मनोज निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष लक्ष्मी दङ्गाल, सदस्यहरू विनीता कटुवाल र कृष्ण कार्कीको समेत उपस्थिति थियो।