धरान : घरायसी तथा औद्योगिक सफाइका सामग्रीहरू उत्पादन गर्दै आएको हसिना ग्रुप प्रा.ली.ले जन्मँदै दुवै खुट्टा चलाउन नसक्ने र बोल्न नसक्ने शारीरिक रूपमा अशक्त लहान नगरपालिका वाड न. ४ बस्ने २० वर्षकी सपना कुमारी महतोलाई ह्विल चेयर प्रदान गरेको छ।

'सफाइको लागि हसिना' भन्ने मूल नारा सहित सुन्दरहरैचा-५ मोरङमा सुरु भएको हसिना ग्रुपले लहान बिक्री केन्द्रका प्रोप्राइटर शंखर कुमार महतोकी छोरी सपना कुमारी महतोलाई कम्पनीको प्रतिनिधि राजन कार्की र पुष्पा राईले ह्विल चेयर प्रदान गरेका हुन। 

छोरीलाई हसिना ग्रुपले ह्विल चेयर दिएकोमा खुसी व्यक्त गर्दै डिलरका प्रोप्राइटर समेत रहेका शंखर कुमार महतोले आभार प्रकट गरे । आफ्नो अशक्त छोरीलाई कम्पनीले ह्विल चेयर प्रदान गरेर व्यवसाय सँगै सामाजिक कार्यमापनि उत्तरदायी बनेकोमा खुसी व्यक्त गरे। 

हसिना ग्रुपका सञ्चालक अशोक कुमार राईले व्यवसाय सँगै रोजगारीको अवसर र सामाजिक कार्य गर्दै आइरहेको बताए। सञ्चालक लेखनाथ आचार्यले विगतका वर्षहरूमा कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आउने दिनमा पनि व्यवसाय सँगै सामाजिक क्षेत्रमा लाग्ने जानकारी दिए। सञ्चालक/मेनेजर रोहित राईले समृद्ध नेपाल उत्पादनबाट मात्र सम्भव भएकोले बिक्रेता र उपभोक्ताको सुझावलाई आत्मसाथ गर्दै उत्पादनलाई बढाउँदै अगाडि बढ्ने र अहिले प्रदेश १ र मधेस प्रदेशमा मात्र पुर्‍याउन सकेको बताउँदै आगामी दिनमा हसिना ग्रुपका उत्पादनलाई देशभरी पुर्‍याउने योजना रहेको बताए।

कम्पनीले हसिना ब्राण्डका सफाइका सामानहरू टुवाईलेट क्लिनर, फिनेल, गिलास क्लिनर, डिसवास, पितम्बरी, टुवाईलेट एसिड र डिस्टील वाटर आदि उत्पादन गर्दै आइरहेको छ।