धरान : सनराइज बैङ्कले धरानको बिपी प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्विल चेयर हस्तान्तरण गरेको छ। 

बिपी प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैककी निमित्त प्रमुख कार्यकारी अधिकृत आरती राज्य लक्ष्मी राणाले २ थान ट्रली र १० थान ह्विल चेयर प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिन। बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको राणाले जानकारी दिइन। 

बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन । प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैङ्कलाई धन्यवाद ज्ञापन गरे। 

गतबर्ष बैङ्कले नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रम गरेको बैङ्कका ब्राण्ड तथा सिएसआर प्रमुख सुमन थापाले जानकारी दिए । 

कार्यक्रममा बैकका प्रदेश १ प्रमुख विवेक निरौला, धरान शाखा प्रमुख वसन्त सेडाई तथा बैङ्क र प्रतिष्ठानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सनराइज बैङ्कले देशभरमा १३९ वटा शाखा, ९४ वटा शाखा रहित बैङ्किङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटीमबाट सेवा प्रदान गरिरहेको थापाले जानकारी दिए ।

sunrise-bank-1