धरान : मोरङको विराटनगर महानगरपालिका-१४ बाट प्रतिबन्धित लागुऔषध सहित छ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। 
शुक्रवार बेलुका लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा धरानका २३ वर्षीय रोशन लिम्बु, सिन्धुपाल्चोक चौताराका २६ वर्षीय विकास थापा, विराटनगर-१५ का २४ वर्षीय बरुण साह, विराटनगर-३ का ३० वर्षीय आशिस हमाल, विराटनगर-१३ का ३० वर्षीय सुलभ रिजाल र २७ वर्षीय सरस्वती गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
रामधुनी नगरपालिका-८ घर भई विराटनगर-१४ मुण्डा पोखरीमा डेरा गरी बसेकी २७ वर्षीय सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।