धरान : आसन्न निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट सुनसरी क्षेत्र नं. १ का लागि प्रत्यक्षतर्फ तीन जना र समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएको छ । 

सोमबार नेकपा माओवादी केन्द्र सुनसरी १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको बैठकले प्रत्यक्ष तर्फ मुक्सामहाङ मेन्याङबो मुकेश, किरण कुमार राई, फोक्वाहाङ सुब्बा चोत्लुङको नाम सिफारिस भएको हो । 

यसैगरी समानुपातिक तर्फ राजेन्द्र किराँती, सावित्रा चौलागाई भूमिका, चन्द्रदत्त पौडेल, पूर्ण भुजेल चिन्तन र प्रताप प्रकाश ल्वागुन दीपेशको नाम नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशमा सिफारिस गरेको नेकपा माओवादी केन्द्र सुनसरी १ नम्बर क्षेत्र निर्वाचन परिचालन समितिले जनाएको छ । 

यसैगरी सोमवारनै नेकपा एमालेले पनि सर्वसम्मतरुपमा जयकुमार राईलाई प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बनाउने निर्णय गर्दै सिफारिश गरेको छ ।