विराटनगर : ई-क्यान पूर्वाञ्चलको तीन दिने शैक्षिक मेला सम्पन्न भएको छ । 
शुक्रवार विराटनगरमा शैक्षिक मेलाको समापन गरिएको हो । समापन कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की प्रमुख अतिथि थिइन् । कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समय निजी क्षेत्रले शैक्षिक उन्नयनमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गरिन् । 
गुणस्तरीय शिक्षा प्रदान गर्न निजी क्षेत्रको योगदान अपरिहार्य रहेको उनले बताइन् । 
यस्तै, कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमसिंह सुवाल, महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, ई-क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, ई-क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिना, ई-क्यान केन्द्रका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सदस्य भवनाथ हुमागाईँ लगायतले बोलेका थिए । 
इटहरीबाट सुरु भएको शैक्षिक मेला तीन दिन सञ्चालन भएको  ई-क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीले बताए । इटहरी, धरान र विराटनगर गरी तीन हजार बढी विद्यार्थीहरूले सहभागी जनाएका थिए । 
उनका अनुसार नेपालसहित विदेशी मुलुकका विभिन्न तीन दर्जन बढी कलेजहरूले सहभागी जनाएका थिए । उनले तीन दिने शैक्षिक मेला सफल भएको जनाए ।
E-can-melaसमापन कार्यक्रममा विराटनगरका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।