धरान : एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गरेको ३ दिन अवधिको विशिष्ट व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ । 
मंगलबार भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र सीपको व्यवहारिक रूपमा अक्षरशः पालना गरी विशिष्ट व्यक्तिहरूको सुरक्षामा अहोरात्र खटिन सहभागी प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।  
भदौ २६ गतेबाट सञ्चालन भएको तीन दिन अवधिको विशिष्ट व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाइरिङ समेत गराइएको थियो।