धरान : प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरी र मोरङ स्वर्ण पदकका लागि शनिवार भिड्ने भएका छन् ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाको प्रमुख आतिथ्यमा शुक्रवार देखि सुरु भएको प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले झापा र इलाम जिल्लालाई पराजित गर्दै फाइनल पुगेका हुन भने मोरङले धनकुटालाई पराजित गर्दै फाइनल पुगेका हुन । मोरङ र धनकुटा बाइमा परेका हुनाले एक खेलको जित पछि मोरङ सोझै फाइनल पुग्यो भने फाइनलका लागि सुनसरिले एकै दिन दुई खेल खेल्दै दुवै खेलमा जित निकाल्नु परेको थियो । 

धरान-१६ स्थित धरान रंगाशाला कर्भडहलमा शुक्रवार भएको छनौट प्रतियोगिताको पहिलो खेलमा सुनसरीले झापालाई ६६–१७, इलामलाई ४४–३७ अङ्कले पराजित गरेको थियो । मोरङले धनकुटालाई ६९-४४ अङ्कको अन्तरले पराजित गर्दै फाइन प्रवेश गरेको हो ।

खेलमा सुनसरीले झापालाई  प्रत्येक क्वाटरमा २१-६, २२-३, १४-४ र ९-४ अङ्कको अन्तरले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा मोरङले धनकुटा लाई  २०-८, १५-१०, १९-१४ र १५-१२ अङ्कको अन्तरले पराजित गरेको थियो । यसैगरी तेस्रो खेलमा सुनसरीले इलामलाई १०-७, १२-१०, ८-३ र १४-१७ अङ्कले पराजित गरेको हो ।

यस छनौट प्रतियोगितावाट प्रदेश १ बास्केटबल टिम छनौट गरिने छ । छनौट भएका खेलाडीहरूले यही असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने कार्यक्रमका प्रमुख अतिथि एवं छनौट समितिका सदस्य सुरजकुमार लामाले बताए ।  यस छनौट प्रतियोगिताबाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री बाईँ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिने लामाले जानकारी गराए ।

कार्यक्रममा सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी,  सचेत धराने समूहका सदस्य दीप राई,  पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली, लगायतको उपस्थिति रहेको थियो । शनिवार हुने फाइनल खेल अघि ब्रन्ज मेडलका लागि इलाम र धनकुटाले प्रतिस्पर्धा गर्ने छ ।