धरान : प्रदेश १ बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला पुरुष दुबैमा स्वर्ण पदक चुमेको छ ।

शनिवार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरिले मोरङलाई ६९–४२ अङ्कको अन्तरले पराजित गर्दै स्वर्ण पदक चुमेका हुन, भने मोरङले सिलभर मेडलमा चित्त बुझाउन पर्‍यो । फाइनल खेलको प्रत्येक क्वाटरमा सुनसरिले अग्रता लिँदै मोरङलाई पराजित गरेको थियो । खेलको प्रत्येक क्वाटरमा सुनसरि र मोरङले १९-१८, १७-८, १७-११ र १६-५ अङ्क जोडेको थियो । खेलमा सुनसरिका हेमन्त राईले व्यक्तिगत १५ अङ्क जोडेका थिए ।

यसै गरी शनिवार नै ब्रन्ज मेडलका लागि इलाम र धनकुटा बिच भएको खेलमा इलामले धनकुटालाई ५९-४६ अङ्कको अन्तरले पराजित गर्दै ब्रन्ज मेडल हात पारे ।  खेलमा इलामका रिजन श्रेष्ठले व्यक्तिगत २४ अङ्कको योगदान दिए । 

विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

धरान-१६ स्थित धरान रंगाशाला कर्भडहलमा असोज ६ गते देखि ८ गते सम्म  बास्केटबल खेलाडी छनौट  प्रतियोगिता सम्पन्न भएका हुन  । महिला तर्फ सुनसरिले स्वर्ण , झापाले सिल्भर र मोरङले ब्रन्ज मेडल जितेका छन्  ।

छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटबल टिम छनौट गरिने छ ।   छनौट भएका खेलाडीहरूले यही असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ । यस छनौट प्रतियोगिताबाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री बाईँ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिने छ ।