सुनसरी : नेकपा माओवादी केन्द्र सुनसरीको दुहबी नगर अध्यक्ष रहिम मियाँले पार्टी त्यागको घोषणा गरेका छन् ।
पछिल्लो समय नेकपा माओवादी केन्द्र जनताको भावना, पार्टीको मर्म, सिद्धान्त, जनभावना अनुसार चल्न नसकेको भन्दै राजीनामा दिएका हुन् । 
उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको त्यागको घोषणा गरेका हुन् ।मियाँले  सुशासन समृद्धि सामाजिक न्याय सहितको समाजवादी अभियानका लागि अग्रगामी परिवर्तन र उन्नत राजनीतिको माध्यमबाट परिवर्तन पक्षमा उभिने प्रतिबद्धता गरेका छन् । उनले तत्काल अन्य पार्टीमा जाने तयारी रहेको वा जान लागेको भन्ने विषयमा केही खुलाएका छैनन् ।