इटहरी : मोरङ ६ मा सत्तारुढ गठबन्धन तर्फबाट डाक्टर शेखर कोइराला, जसपा र नेकपा एमालेबाट लालबाबु पण्डित र राप्रपाका गोपाल कटवालले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेश 'क'मा गठबन्धनको तर्फबाट जीवन आचार्य र 'ख' मा केदार कार्कीले मनोनयन दर्ता गरे । एमालेबाट भने 'क' रिता न्यौपाने र 'ख' मा पर्शुराम बस्नेहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।