• अर्जुन काफ्ले 
पथरी :आइतबारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मङ्गलवारे लिजेण्डले तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ । आइतबार पथरी रङ्गशालामा भएको खेलमा  आइतबारे अस्त्रले दिएको १२९ रनको लक्ष्यलाई सहजै पुरा गर्दै मङ्गलबारेले जित दर्ता गरेको हो । 
आइतबारेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १२८ रन बनायो । आइतबारेका लागी आदर्श कार्कीले ३८ रन, द्रोण जङ्ग बस्नेतले २५ र आर्मश राईले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोडन सकेनन् । आइतबारेलाई मध्यम योगफलमा समेट्ने क्रममा मङ्गलबारेका लागी योगेश श्रेष्ठले ३ विकेट राकेश दाहालले २ अभिषेक विकले र निशान थोप्राले १ विकेट लिन सफल भए ।
जबाफी ब्याटिङ गरेको मङ्गलबारेले १६ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । मङ्गलबारेका योगेश श्रेष्ठले ६ छक्का र ५ चौका सहित ७२ रन र निशान थोप्राको ४९ रनको मद्दतले खेल आफ्नो पक्षमा पा¥यो । ४९ रनमा आउट भएका थाप्रोको स्थानमा आएका दीपक राईले ८ रन बनाए । आइतबारेका द्रोणजंग थापाले १ विकेट लिए । ३ विकेट सहित ७२ रन जोडेका योगेश म्यान अफ दि म्याच घोषित भए ।
सोमवारको पहिलो खेल बुद्ध युनाइटेड र वीरेन्द्रनगर स्टिल टाइगर बिच हुनेछ भने दोस्रो खेल आइतबारे अस्त्र र हिसाब किताब टाइडेस बिच हुने आयोजकले जनाएको छ ।