सुनसरी : सुनसरी क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्यमा गठबन्धन विरुद्ध नेपाली काङ्ग्रेस इटहरी उपमहानगर वडा नम्बर २ वडा सभापति दीपेन्द्र घिमिरेले उम्मेदवार दर्ता गएका छन् । 
काङ्ग्रेसको बाहुल्य रहेको यो क्षेत्रमा एक हप्ता अघि मात्रै नेकपा एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका
द्वारिकलाल चौधरीलाई टिकट दिइएको थियो। तर काङ्ग्रेस भित्र तीव्र असन्तुष्ट रहेपछि इटहरी उपमहानगर निवर्तमान प्रमुख चौधरी विरुद्ध घिमिरेले उम्मेदवार दिएका हुन् । चौधरी नगरप्रमुख भएको समयमा पटक-पटक विवादित अभिव्यक्ति दिने, अराजक गतिविधि गर्ने गरेको बताउँदै त्यस्ता व्यक्तिलाई चुनावमा भोट माग्न नसक्ने घिमिरेले बताए । 
उनले पार्टी नेतृत्वले गरेको निर्णय विरुद्ध भन्दा पनि चौधरी विरुद्ध नै आफ्नो उम्मेदवार रहेको उनको भनाई छ । उनले आफुँ कुनै पनि हालतमा उम्मेदवार फिर्ता नलिने अडान लिएका छन् । “काङ्ग्रेसले सहज जित्ने क्षेत्रमा कार्यकर्ता नै नभएको पार्टीलाई टिकट दिएर कुनै अर्थ राख्दैन ।” घिमिरेले भने ‘आफ्नो जनआधार कमजोर भएपछि अन्य पार्टीको साहरामा चुनाव जित्न खोज्नु मूर्खता हो, मेरो यही प्रवृत्ति विरुद्ध उम्मेदवार दर्ता हो ।’ 
विवादित व्यक्तिलाई टिकट दिएर चुनाव जित्ने सपना नदेख्न पनि माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।