• अर्जुन काफ्ले 
पथरी : लिगको अन्तिम खेलमा विजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रीमियर लिग क्रिकेटको लिगबाट बाहिरिएको छ । 
आइतबारेले क्लासिक एलाभेन माथि ३३ रनले विजयी हुँदै आइतबारेले सान्त्वना जित दर्ता गरेको छ । हसन्दहको हारले प्लेअफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ विकेट गुमाएर दिएको १९२ रनको लक्ष्य  हसन्दहले पुरा गर्न सकेन ।
४८ रन बनाएका हसन्दहका सञ्जीव धिमाल आइतबारेका कप्तान द्रोणजंग बस्नेतको बलमा आर्मश राईबाट क्याच आउट भए । बुद्ध आले मगरले २९ र निशान ढकालले १६ रन बनाउन बाहेक अन्यले हसहन्दका तर्फबाट गतिलो रन बनाउन सकेनन् । आइतबारेका द्रोणजंग बस्नेतले ५ विकेट लिए । आइतबारेका सुशील काफ्ले, फडिन्द्र पौडेल, आदर्श कार्की र समीर कटुवालले १र१ विकेट लिए । 
त्यसअघि ब्याटिङ गरेको आइतबारेले २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १९२ बनायो । जसका लागी सञ्जय मुर्मुले अविजित ८१ रनको योगदान दिए । सुशील काफ्लेले ३७ र आर्मस राईले १३ रन बनाए । हसहन्दका सञ्जीव धिमालले ३ बुद्ध आलेले २ र सोलोमान राईले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच सञ्जय मुर्मु घोषित भए ।
दोस्रो खेलमा  कीर्तिपुर सात बाघ विजयी भयो । सात बाघले मङ्गलवारे लेजेन्ड माथि ९८ रनको जित हासिल गर्‍यो।
सात बाघले दिएको १७३ रनको लक्ष्य पछ्याएको मङ्गलवारे १७ ओभर २ बलमा अलआउट हुँदै ७५ रन बनायो । मङ्गलबारेका योगेश श्रेष्ठले १७ र निकेश बस्नेतले १५ रन बनाउन बाहेक अन्य खेलाडीले उत्कृष्ट खेल्न सकेनन् ।
मङ्गलबारेलाई सस्तैमा समेटन २ ओभर बलिङ गरेका दीपेश भण्डारीले ११ रन दिँदै ३ विकेट लिए । सात बाघका अस्विन महत र दीप सुबेदीले समान २/२ विकेट लिए भने केलिन राई र रहर लामाको नाममा १/१ विकेट लिए ।
यस अघि ब्याटिङ गरेको कीर्तिपुर सात बाघले २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनायो । सात बाघका विवेक मोक्तान को ४४ केलिन राईको ४१ र अनीश लुइँटेल ३९ रन बनाए । मङ्गलबारेका योगेश श्रेष्ठले २ तथा रोहन गहतराज राजेश दाहाल र डिकेन थापाले १र१ विकेट लिए । खेलको म्यान अफ फि म्याच केलिन राई घोषित भए ।
जित सँगै सात बाघ प्ले अफमा प्रवेश गरेको छ । खेलमा पराजित भए सँगै मङ्गलवारे पनि लिगबाट बाहिरिएको छ ।  मंगलबार रोयल किङ र वीरेन्द्रनगर स्टिल टाइगर तथा दोस्रो खेलमा हिसाब किताब ट्राइडेन्स र बुद्ध युनाइटेड बिच खेल हुनेछ ।
मङ्गलवारको खेलमा बुद्ध युनाइटेड पराजित भए क्लासिक एलाभेन हसहन्द प्लेअफमा प्रवेश गर्ने छ । रोयल किङ र सात बाघ प्ले अफ प्रवेश गर्दा हसहन्दलाई बुद्ध र हिसाबकिताबको खेलमा भर पर्नु पर्ने छ ।
तेस्रो संस्करणको पथरीशनिश्चरे प्रीमियर लिगको तिनै संस्करणमा सात बाघ र रोयलले प्लेअफको खेल खेल्ने छन् । पहिलो संस्करणको विजेता रोयल र दोस्रो संस्करणको विजेता सात बाघ हो । कार्तिक ६ सम्म सञ्चालन हुने लिगमा नगरभित्रका ८ फ्रेन्चाइज क्लबको सहभागिता रहने छ ।
नगरभित्रका क्रिकेट खेलाडीलाई अक्सन मार्फत क्लबले अनुबन्धन गरेका हुन ।