चतरा : वराहक्षेत्र नगरपालिका वडा नं. ७ देवीघाटमा जारी ९ औँ संस्करणको सप्तकोशी गोल्डकप अन्तर्गत अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै शिवसताक्षीधाम फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा आयोजक सप्तकोसी युवा क्लब वराहक्षेत्रलाई शून्यको विरुद्ध १ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी धामले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ३४ औँ मिनेटमा सताक्षीधामले अग्रता लिएको थियो । उसका लागि जर्सी नं ११ का पूजन उपरकोटीले पहिलो गोल गरेका थिए । 
खेलको म्यान अफ दि म्याच १ गोल गरेका पूजन उपरकोटी घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिता अन्तर्गत उपाधिका लागि शनिवार सताक्षीधाम र पथरी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ ।