इटहरी : इटहरीको मुख्य चोकमा भएको आगलागीमा एक करोड बराबरको क्षति भएको छ। 
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उक्त भवनमा भएका कार्यालय र भवनको बाहिरी भाग जलेको आधारमा एक करोड बराबर क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।  
बिद्धुत सर्ट भएर आगलागी भएको उक्त भवनमा यस अघि पनि पटक पटक आगलागी भएको इलाका प्रहरी कार्यालय ईटहरका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । आगलागी भएको भवनमा निभ सेक्युरिटी र सुन पसलहरू समेत छन्। 
आगलागीबाट उक्त भवनको अगाडिको भाग जलेको छ । क्लासिक टेक अफिसका दुई वटा कोठा पनि जलेका छन् ।