चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको सप्तकोसी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुशीला खनाल (पौडेल) चयन भएकी छिन् । उक्त क्याम्पस वराहक्षेत्र नगरपालिकाको एक मात्र बहुमुखी क्याम्पस हो । 
आइतबार भएको क्याम्पस सञ्चालक समितिको निर्वाचित सदस्यको भेलाले खनाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । भेलाले उपाध्यक्षमा हरि भट्टराई, कोषाध्यक्ष निवर्तमान उपप्रमुख कमला मगरलाई चयन गरेको छ । 
त्यस्तै सदस्यहरूमा क्याम्पसका संस्थापक सञ्चालक समितिका अध्यक्ष बाबुराम विष्ट, सुरेन्द्र गुप्ता, विजय राउत, जगत कार्की, फडिन्द्र भट्टराई, गुरु अधिकारी, रत्न रम्तेल, पुष्प ढुङ्गाना, परशुराम आचार्य, विष्णु घिमिरे, कमला थापा र पुष्कर पराजुलि चयन भएका थिए । 
समितिको सचिवमा क्याम्पस प्रमुख खगेन्द्रबहादुर निरौला रहने छन् । निर्वाचित भएकै दिन अध्यक्ष खनालले क्याम्पसको अक्षय कोषमा जम्मा हुने गरी १ लाख ५१ हजार प्रधान गर्ने घोषणा गरेकी छिन् । क्याम्पसको उन्नति, प्रगतिमा सधैँ लागि पर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष खनालले सबैलाई क्याम्पसको अक्षयकोषमा सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।
२०६७ सालमा स्थापना भएको क्याम्पसमा यश अगाडी भुमनाथ दाहाल सञ्चालक समितिको अध्यक्ष रहेका थिए भने क्याम्पसको संस्थापक सञ्चालक समितिका अध्यक्ष बाबुराम विष्ट रहेका थिए ।