• रश्मि प्रधान
धरान : जनता समाजवादी पार्टी सम्बद्ध युवा सङ्घ धरान नगर अध्यक्ष दावा शेर्पा सहित ७० जना युवाहरू नेकपा माओवादी निकट भातृ सङ्गठन वाईसीएल नेपालमा प्रवेश गरेका छन् ।
शनिवार धरान-१५ स्थित साकेला पार्कको हलमा वाईसीएल नेपाल सुनसरीको आयोजनामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी युवा सङ्घ धरानको अध्यक्ष दावा शेर्पाको नेतृत्वमा ७० जना युवाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको वाईसियल नेपालका जिल्ला संयोजक नवीन केसीले जानकारी दिए । 
नेकपा माओवादी केन्द्रका  केन्द्रीय सदस्य किरण कुमार राईको प्रमुख आतिथ्यमा र वाईसीएलका जिल्ला संयोजक नवीन केसीको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम भएको थियो । केन्द्रीय सदस्य राई र नगर सदस्य मिङ्मा भोटे र वाईसीएल जिल्ला अध्यक्ष केसीले खादा र टिका लगाएर युवाहरूलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गर्नेहरू धरान नगरका अध्यक्ष दावा शेर्पा जिल्ला सदस्य देशमान राई,अनन्त राई, प्रशान्त लिम्बू, रुपेश राई, निशान राई, नगेन्द्र राई, ज्ञानदिप लिम्बू, विजय लामा गरी ७० जना युवाहरू रहेको संयोजक केसीले बताए ।
ycl-Nepal-2