धरान : सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ मेन्याङवोले अग्रता लिएका छन्।
प्रतिनिधि सभाको ७ हजार ४ सय ३६ मतगणना हुँदा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्वोले १ हजार ५ सय ५५ मत पाएर अग्रता कायम गरेका छन् भने उनलाई जसपाका अशोक कुमार राईले पछ्याइ रहेका छन् ।
राईले १ हजार ३ सय ४१ मत पाएका छन् भने केही समय अग्रता कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले घण्टीमा १ हजार २ सय ८८ मत पाएर तेस्रो स्थानमा छिन । 
एमालेका विद्रोही उम्मेदवार खरायो चिन्हका मनोज मेन्याङवोको १ हजार १ सय ५४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हलो चुनाव चिन्हका अशोक राई अविरल राईले १ हजार ५६ मत ल्याएका छन्।
sunsari-result-new