विराटनगर : मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र ५ (क) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाईं विजयी भएका छन् । सुरुवाती अग्रतालाई निरन्तरता दिँदै उनले नेकपा एमालेका सन्तोषकुमार साहलाई ५ हजार ४ सय ४१ मतले पराजित गरेका हुन् ।
७९ वर्षीय मण्डलले १४ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका साहले ९ हजार ४ सय २ मत पाएका हुन् । मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरेको छैन । समानुपातिकतर्फको मतपेटिकामा पनि प्रदेशसभातर्फको मतपत्र परेको हुनसक्ने भन्दै त्यसको यकिन भएपछि घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
विजयी भएका मण्डल काँग्रेसका महासमिति सदस्य पनि हुन् । २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल सँग ८ मतले पराजित भएका थिए । काङ्ग्रेसभित्र उनी शेखर कोइराला समूहको राजनीतिक समूहमा सक्रिय रहँदै आएका हुन् ।
मोरङ-५ (१) मा ४७ हजार ४ सय ५५ मतदाता थिए । ३३ हजार २ सय ५४ मत खसेकोमा २ हजार ५४ मत बदर भएको जनाइएको छ।