• रश्मि प्रधान
धरान : सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्वोले आफ्नो अग्रता कायम गरेका छन् ।
धरान उपमहानगरको वडा नं ७ सम्मको १५ हजार २ सय ५ मतगणनाको मत परिणाम आउँदा मुक्साहाङले ३ हजार १ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका हुन ।
एमाले जसपाका संयुक्त उम्मेदवार अशोक राईले २ हजार ७ सय ६४ मत पाएर दोस्रो स्थानमा छन् ।
सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ २ हजार ४ सय २८ मत प्राप्त गरी तेस्रो हुँदा नेकपा एमालेका विद्रोही उम्मेदवार मनोज कुमार मेन्याङ्वो १६७२ मत का साथ चौथो स्थानमा रहेका छन्  भने राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका अशोक अविरल राईले १ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् । ।