धरान : सुनसरी क्षेत्र नं १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतले १० हजार ५ सय ६१ मत ल्याएका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका उमेश थापाले ९ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् । थापालाई बस्नेतले १ हजार २ सय १६ मतले पछाडि पारेका छन् 
सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मत परिणाम अनुसार ३७ हजार ७ सय २९  मतगणना भएको छ। 
राप्रपाका उद्धव श्रेष्ठले ८ हजार १ सय ७५ मत प्राप्त गरेका छन् । सङ्घीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले १ हजार ३४  मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोटेले १ हजार २ सय १८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरू लाटिन चुनाव चिन्हका समीर तामाङले ३ हजार ९ सय ८१ मत ल्याएका छन् भने पानीको धारा चुनाव चिन्हका खगेन्द्र श्रेष्ठले १ हजार ३१ मत प्राप्त गरेका छन् । 
अब प्रदेशसभा १ (क) तर्फ धरानको वडा नं १९ को मात्र मतगणना बाँकी छ। वडा १९ मा खसेको मत २००४ रहेको छ । गएको स्थानीय निर्वाचनमा १९ वडामा पनि एमालेको प्यानल नै विजयी भएको कारण बस्नेतको मत राम्रो आउने अनुमान गरिएको छ । यसले गर्दा एमाले उम्मेदवार रमेश जित नजिक रहेको देखिन्छ ।