• रश्मि प्रधान
धरान : सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमाले जसपा गठबन्धनका उम्मेदवार रमेश बस्नेतले लोकतान्त्रिक वाम गठबन्धनका उमेश थापालाई १ हजार १४ मतले पछि पारेका छन् ।
सुनसरी क्षेत्र नं.१ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २९ हजार ९ सय २७ मतगणना हुँदा एमालेका बस्नेतले ८ हजार ५ सय १८ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेश थापाले ७ हजार ५ सय ४ मत प्राप्त गरेका छन् । 
हलो चिन्हका राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठले ७ हजार  ८३ मत प्राप्त गरेर कडा टक्कर दिइरहेका छन् । सङ्घीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले ७ सय १२ मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोटेले ८ सय ३७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारहरू लाटिन चुनाव चिन्हका समीर तामाङले २ हजार ६ सय ७१ ल्याएका छन् भने पानीको धारा चुनाव चिन्हका खगेन्द्र श्रेष्ठले ७ सय १२ मत प्राप्त गरेका छन् ।
हला धरानको वडा नं १४ सम्मको गणना गर्दा बस्नेतले १ हजार १४ मतान्तर कायम गरेका हुन्