धरान : सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ३६ हजार ४५ मत गणना सकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । उनले ७१३५ मत प्राप्त गरेका छन् भने एमाले जसपाका उम्मेदवार अशोककुमार राईले ६१५५ मत पाएका छन् ।
यस्तै, गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ५८९६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोले ४९६२ मत पाएका छन् । यसै गरी, राप्रपाका उम्मेदवार अशोक राई (अविरल)ले ३९४९ मत, मातृकाप्रसाद भट्टराईले १४८२ मत, तर्कबहादुर मगरले १८८९ मत पाएका छन् ।
Sunsari-1-Ganana-08-09
sunsari-1-GAnanna-3