• रश्मि प्रधान
धरान : सुनसरी क्षेत्र १ को प्रतिनिधिसभा तर्फको मतगणना हुँदा जनता समाजवादीका अशोक राईले अग्रता बढाउँदै लगेका छन् ।
७० हजार ७ सय २० मत गणना  हुँदा राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सँग ४ सय ८० मतको अग्रता बनाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मतपरिणाम अनुसार जसपाका उम्मेदवार अशोक राईले १५ हजार १ सय १४ मत पाएका छन् भने तामाङले १४ हजार ६ सय २९ मत पाएकी छिन् ।
त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ११ हजार ५ सय ६२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोले ७ हजार १ सय ९० मत पाएका छन् । यसै गरी राप्रपाका उम्मेदवार अशोक राई अविरलले ७ हजार ३ मत प्राप्त गरेका छन् ।
सूर्यमुखी चुनाव चिन्हका मातृका प्रसाद भट्टराईले १ हजार ६ सय ९० मत भने घण्टाघर चुनाव चिन्हका उम्मेदवार कुमार कार्कीले १ हजार ७ सय ९७ मत र पानीको जार चुनाव चिन्हका तर्कबहादुर मगरले ३ हजार ७ सय ५४ मत पाएका छन् ।