धरान : १७ औँ ललित अम्बर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र हिमशिखर स्कुल तरहरा सेमिफाइनल प्रवेश गरेका छन् ।
मङ्गलवार भएको क्वाटर फाइनल खेलमा धरान लिगामेन्ट स्कुलले इमानुयल स्कुललाई १-० र हिमशिखर तरहराले देउराली चिल्ड्रेन एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो क्वाटर फाइनल खेलमा लिगामेन्ट स्कुलका हाङगेन लिम्बु र हिमशिखर तरहराका राजन चौधरीले गोल गरेका थिए ।
सोही दिन भएको लेट दिलबहादुर प्लेट च्याम्पियन तर्फको खेलमा दिल्ली पब्लिक र हिविस्कस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।
दिल्ली पब्लिकले विष्णु स्कुललाई २-० र हिविस्कस स्कुलले नोबेल स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । बुधवार देखि सुरु हुने सेमिफाइनल खेलमा पहिलो खेल विष्णु विरुद्ध वराह राइजिङ्ग र हिविस्कस विरुद्ध एक्वा एकेडेमी बिच प्रतिस्पर्धा हुनेछ ।
मङ्गलवार भएको क्वाटर फाइनल खेलमा इमानुयलका विश्व राई र दोस्रो क्वाटर फाइनल खेलमा देउराली चिल्ड्रेनका आमोस राई म्यान अफ द म्याच घोषित भए । उनीहरूले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन् ।