धरान : १७ औँ ललित अम्बर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र नेपाल पुलिस उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।
बुधवार भएको सेमिफाइनल खेलमा इष्टर्न एकेडेमीले धरान लिगामेन्टलाई टाइव्रेकरमा ४-३ र नेपाल पुलिसले हिमशिखर स्कुल तरहरालाई ४-० गोलको अन्तरले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन । इष्टर्न एकेडेमी र धरान लिगामेन्ट बिच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।
सोही दिन भएको लेट दिलबहादुर प्लेट च्याम्पियन तर्फको सेमिफाइनल खेलमा विजयी हुँदै एक्वा स्कुल र वराह राइजिङ चतरा उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधवार भएको प्लेट तर्फको सेमिफाइनल खेलमा एक्वा स्कुलले हिविस्कस स्कुललाई ३-० र वराह राइजिङ्ग चतराले दिल्ली पब्लिक स्कुललाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
डिपो कप तर्फको बुधवार भएको सेमिफाइनल खेलमा धरान लिगामेन्टका हाङगेन लिम्बु र हिमशिखरका प्रमिस मगर म्यान अफ द म्याच घोषित भए । उनिहरुलले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।