इटहरी : नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा धरानका दीपेन्द्र निरौलाले उम्मेदवारी दिने भएका छन् । धरान शाखाको तर्फबाट राष्ट्रिय जेसीजको यात्रा तय गरेका उनले २०२३ को अध्यक्षको लागि उम्मेदवारी दिने भएका हुन् ।
जेसीजको विधानमा उल्लेख एक व्यक्ती एक कार्यकालको अवधारणा अनुसार वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष निरौला अध्यक्षको लागी चुनावी मैदानमा छन् । शासन व्यक्तिको हैन विधानको हो भन्ने मूल नारा बोकेको जेसीजको आगामी कार्यकालको नेतृत्व पूर्वी नेपालले पाउने आङ्कलन गरिएको छ । 
२००७ को क्षेत्रीय सम्मेलनमा सहभागी भएका उनी २०१२ मा जुनियर जेसीजको अध्यक्ष हुँदै धरान जेसीजमा प्रवेश गरेका हुन् । २०२० मा धरान जेसीजको अध्यक्ष भएका ऊनी २०२१ मा नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भए ।
२०२२ मा कार्यकारिणी उपाध्यक्ष भएका निरौला क्षेत्र (क) (मलङुवा देखि बाहुनडाँगी सम्म) बाट अध्यक्षमा उम्मेदवारी दिने एकल दाबेदार हुन ।
यसबिचमा निरौला नेपाल, सिङ्गापुर र जापानको जेसिआई एकेडेमीमा सहभागी भएर दीक्षित भएका छन् । 
क्षेत्र (क) को निर्वाचित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर काम गरिरहेका उनी प्रतिस्पर्धाको अन्तिम तयारीमा छन् । अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिएका छन् । ४ पदको कार्यकारिणी उपाध्यक्षमा ९ जना र १२ पदको उपाध्यक्षमा १९ जनाले दाबी पेस गरेका छन् । नेपाल जेसीजको गरिमालाई उचाइमा पुर्‍याउन र उद्धमशिल समाज निर्माणमा योगदान दिन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । युवा सोच, जाँगर र उत्साहलाई जीवन्त बनाई रचनात्मक क्षेत्रमा अभिप्रेरित गर्ने लक्ष्य लिइएको उनले बताए ।
पुस ७ देखी १० सम्म वीरगन्जमा हुने महाधिवेशनले वर्ष २०२३ को नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।