इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रवार बिहान सम्पन्न निर्वाचनमा थापा अत्यधिक मतका साथ विजयी भएका हुन् । 

तीन जनाको उम्मेदवारी परेको दलको नेतामा प्रदेश १ सभापति समेत रहेका थापा निर्वाचित भएका छन् । २९ जना मतदाता मध्ये थापाले १८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा २ मत पाए । 

सिटौला समूहका थापालाई देउवा समूहले समेत समर्थन गरेको बुझिएको छ । देउवा समूहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रीय नेतृत्व बाट थापालाई नै समर्थन रहेको देखिएको हो । 

संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका कार्की यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए ।