धरान : धरान मेघा हिमालयन कलेजले मेयर कप फुटबल प्रतियोगिताका विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई मङ्गलवार सम्मान गरेको छ।
विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरू माझ खादा र अबिर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रदर्शन गरिएको थियो । 
धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न माध्यमिक विद्यालय स्तरीय मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको थियो । 
धरान मेघा कलेजका पवन तामाङ प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच, राजीव खड्का उत्कृष्ट गोलकिपर, अङ्कित थापा प्रतियोगिताभर ७ गोल गर्दै हाइ स्कोरर र सुगम जिमी टिम क्याप्टेनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए ।
उनीहरूले पनि सम्मान कार्यक्रममा व्यक्तिगत प्राप्त गरेको ट्रफि विद्यार्थीहरू प्रदर्शन गरेका थिए । धरान मेघा कलेजको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विजेता खेलाडी तथा प्रशिक्षकलाई कलेजका अध्यक्ष कैलाश लिम्बु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका साइन्स कोअर्डिनेटर जीवन न्यौपाने, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले खादा र अबिर लगाइ सम्मान गरेका थिए । 
प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका ३६ वटा विद्यालयले सहभागिता जनाएको थियो।