धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी युनियनको आधिकारिक मान्यता प्राप्त भएपछि कर्मचारी कल्याण समाजको पहिलो निर्वाचनमा कविता ढकाल ३६६ मत प्राप्त गरी अध्यक्ष  निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी किशोर प्रसाद पोखरेल ३१७ मत प्राप्त गरे । यस्तै अध्यक्षका अन्य उम्मेदवार महेश्वर राईले १६३, मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथोकी ९८, किरण प्रसाद भट्टराईले ११ र सञ्जीव कुमार कर्ण १९५ मत प्राप्त गरे ।
हिजो शनिवार भएको चुनावको मतगणना परिणाम आइतबार बिहान घोषणा गरिएको हो । निर्वाचन प्रमुख प्रकाश श्रेष्ठका अनुसार निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत विजयी भएका छन् । उनले ५८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवार दिलीप कुमार परियारले ६९, बालकृष्ण मेहताले २१६, मत प्राप्त गरे । 
महिला वरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत प्राप्त गरी विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी सिता कुमारी हुमागाईँले ४८६ मत प्राप्त गरिन् । प्रशासनिक उपाध्यक्षमा श्याम सुन्दर मेहताले ३४१ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी केदार बहादुर सिञ्जालीले २९० मत प्राप्त गरे । अन्य प्रत्याशी सोमनाथ रिजालले २२९, भरत लाल चौधरीले २८१ प्राप्त गरे । नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी यसअघि निर्विरोध निर्वाचित भएकी छन् । पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह र  कोषाध्यक्षमा अजय कुमार साह विजयी भएका छन् ।
सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना विजयी भएका छन् । सदस्यका लागि प्रशासनिक कर्मचारीमा ३ पदमा ४, नर्सिङ सदस्य ३ सदस्यका लागि ५ जना, पारामेडिक्स ३ मा ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । खुल्ला सदस्य ६ जनाका लागि १२ जनाले प्रतिस्पर्धा भएको थियो ।