• रश्मि प्रधान
धरान : राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न धरान विजयपुर स्थित दन्तकाली भगवती मन्दिर, पिण्डेश्वर महादेव मन्दिर र बुढासुब्बा मन्दिरमा पूजा अर्चना गरेकी छन् । हेलिकप्टरमा धरान-१३ स्थित नेपाली सैनिक क्याम्पमा ओर्लिएर राष्ट्रपति भण्डारी हात्तीसारको सडक हुँदै विजयपुर पुगेकी हुन् । राष्ट्रपति भण्डारी करिब दिनको २ बजे धरान आइपुगेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई पिण्डेश्वर मन्दिर परिसरमा उपस्थित स्थानिय समाजसेवी अगुवाहरू तथा जनप्रतिनिधिहरूले फुलमालाले स्वागत गरेका थिए । पिण्डेश्वरमा उनको स्वागत अभिवादनका लागि धरानकी पूर्व उपमेयर मञ्जु भण्डारी, धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई तथा वडाध्यक्षहरू, प्राडा टङ्कप्रसाद न्यौपाने सहित सर्वसाधारण प्रतीक्षारत थिए ।
राष्ट्रपति भण्डारी पिण्डेश्वर पुग्ने बित्तिकै उनलाई फुलमालाले स्वागत गरिनुका साथै विजयपुर बासीको तर्फबाट प्रा.डा. टङ्कप्रसाद न्यौपानेले कलात्मक मायाको चिनो हस्तान्तरण गरेका थिए । सोही अवसरमा बटुकहरूले स्वस्ति वाचन गरी राष्ट्रपतिको स्वागत अभिवादन गरेका थिए । राष्ट्रपतिले पिण्डेश्वर मन्दिर गर्भगृह स्थित शिवलिङमा पूजा अर्चना गरिन् ।
यसअघि राष्ट्रपति भण्डारी हात्तीसार हुँदै सिधै दन्तकाली भगवती मन्दिर पुगेकी थिइन् । ध्वजा, पताका सहित स्वागतका लागि सिँगारिएको दन्तकाली प्रवेशद्वारमा उनलाई नौ कन्याले स्वागत गरेका थिए । दन्तकाली मन्दिरमा राष्ट्रपति करिब २० मिनेट पूजा अर्चना गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी पिण्डेश्वरबाट बुढासुब्बा मन्दिर पुगेर मन्दिर परिसरको अवलोकन गरिन् । उनले मन्दिरमा पूजा अर्चना पनि गरिन् । राष्ट्रपतिको विजयपुर धार्मिक भ्रमण कडा सुरक्षा बिच भएको थियो । राष्ट्रपतिले मन्दिर परिसरमा स्वागतका लागि प्रतीक्षारत स्थानियबासीहरुको फुलगुच्छाहरु ग्रहण गरेकी थिइन् । स्वागत अभिवादन गरेकी राष्ट्रपतिले सम्बोधन गरिनन् । राष्ट्रपति सँग कसैले कुराकानी गर्ने अवसर पनि पाएनन् । स्वागत अभिवादन ग्रहण गरेकी राष्ट्रपतिले सर्वसाधारणलाई सम्बोधन भने गरिनन् ।
Rastrapati puja baraha 2राष्ट्रपति भण्डारीले धरान आउनु अघि वराहक्षेत्र मन्दिर पूजा अर्चना गरेकी थिइन् । राष्ट्रपति भण्डारीले माघ १ गते मकर सङ्क्रान्ति मेलाको अवसरमा वराहक्षेत्र १ स्थित कोका कौशिकीको सङ्गममा लाग्ने मेलाको अवलोकन र वराहक्षेत्र मन्दिरमा विशेष पूजा अर्चना समेत गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीको स्वागतका लागि प्रदेश नं.१ का प्रदेश प्रमुख , वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की , जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख लगायत स्थानिय समाजसेवी अगुवाहरू तथा जनप्रतिनिधिहरूले फुलमालाले स्वागत गरेका थिए ।
Rastrapati puja dharan 1
Rastrapati pooja dharan 5
Rastrapati puja dharan 4
Rastrapati puja dharan 3