धरान : युनाइटेड गोर्खा एकेडेमीको आयोजनामा सुरु भएको अन्तर विद्यालय भलिबल प्रतियोगितामा तरहरा मोडल, बाल विकास, ज्ञान दर्पण, युजीएले अग्रता हासिल गरेको छ। मङ्गलवार उद्घाटन भएको प्रतियोगिताको सोमवार सम्पन्न प्रारम्भिक प्रतिस्पर्धामा उक्त स्कुलहरुले अग्रता हासिल गरेका हुन । 

प्रतियोगिताको पहिलो खेल युनाइटेड गोर्खा एकेडेमी र तरहरा मोडल एकेडेमी बिच भएको थियो । २४-२६, २५-१९ र २३-२५ को सेटमा तरहरा मोडल एकेडेमीले अग्रता हासिल गरेको थियो । हाम्रो इ.बो. स्कुल र बाल विकास प्रतिस्पर्धामा २०-२५, १९-२५ को सेटमा बाल विकास विजयी बनेको थियो । 
ज्ञानदर्पण र सयपत्रीबिच भएको तेस्रो खेलमा २१-२५, २५-२१, २५-१४ को सेटमा ज्ञानपर्दणले जीत निकालेको थियो । युनाइटेड गोर्खा बि र प्याराडाइज बिचको खेलमा २५-१२, २५-१८ को सेटमा युजीए बीले अग्रता हासिल गरेको थियो । युजिए बि र लर्ड बुद्धबिच भएको छात्राहरूको पहिलो खेलमा २५-२०, २३-२५, १६-१४ को सेटमा युजिए बीले अग्रता हासिल गरेको छ ।
अन्तर विद्यालय भलिबल प्रतियोगिता धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको छ । यसपालि ९औँ युनाइटेड गोर्खा एकेडेमी २०७८ भलिबल प्रतियोगिता मङ्गलवार आयोजित एक समारोह बिच नेपाल भलिबल एसोसिएसनका केन्द्रीय सदस्य तथा न्यु डाइमण्ड यूथ क्लबका अध्यक्ष कुमार राईले उद्घाटन गरे ।
युनाइटेड गोर्खा एकेडेमीका प्रिन्सिपल पेम्बा शेर्पाको सभापतित्वमा भएको समारोहमा रेडक्रस सोसाइटीका सभापति मुकेश थापा, एनप्याब्सनका धरान अध्यक्ष भगत लिम्बू, एनप्याब्सनका उपाध्यक्ष वसन राई, समाजसेवी भीम राईलगायतको उपस्थिति थियो । 
प्रिन्सिपल शेर्पाका अनुसार यसपालि भलिबल प्रतियोगितामा युनाइटेड गोर्खा दुई टिम, तरहरा मोडल एकेडेमी, ज्ञान दर्पण एकेडेमी तरहरा, सयपत्री स्कुल इटहरी, चिल्ड्रेन्स एकेडेमी धरान, समिट स्कुल धरान, पूर्वाञ्चल स्कुल तरहरा, नमुना एकेडेमी स्कुल तरहरा, बाल विकास स्कुल इटहरी, हाम्रो बोर्डिङ स्कुल इटहरी, प्याराडाइज बोर्डिङ स्कुल तरहरा, जुनियर पायोनियर स्कुल धरान, सेक्रेट हार्ट स्कुल इटहरी, पुलिस स्कुल धरान, समिट स्कुल धरान, लर्ड बुद्ध एकेडेमी, धरान आदर्श, आइडियल स्कुल, डिपोट स्कुल, आवर होम स्कुल धरानको सहभागिता छ।
United-gorkha-vallyball