इटहरी : इटहरी उपमहानगरपालिका-४ कोसी लोकमार्गमा मोटरसाइकलले साइकलमा आउँदै गरेको यात्रीलाई ठक्कर दिँदा सङ्खुवासभा आखिभुई-८ घर भई इटहरी-२ हलगडा बस्दै आएका २७ वर्षीय सरोज कार्कीको मृत्यु भएको छ । दुर्घटना हिजो आइतबार साँझ ७ बजे भएको हो ।
धरानबाट इटहरी तर्फ जाँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले कार्कीको साइकललाई ठक्कर दिएको थियो ।
घाइते भएका साइकल यात्री कार्कीको उपचारको क्रममा बिपी अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल चालक सङ्खुवासभा धर्मदेविका ३० वर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।