इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा जीवन पराजुली बहुमत सदस्यको साथ नेतृत्वमा पुगेका छन् । आफ्नो १९ सदस्यीय कार्यसमितिमा पराजुली प्यानलको बहुमत देखिएको हो । 
निकटतम प्रतिद्वन्द्वी रन्जु सिग्देललाई पराजित गरेका पराजुलीले सहमति र बहुमतीय दुवै प्रक्रिया बाट काम गर्न सक्ने भएका छ ।  
शनिवार भएको निर्वाचनमा ४८१० मत मध्ये २७९० मत खसेको थियो । आइतबार सम्पन्न मतगणनामा पराजुलीले १,१८६ मत प्राप्त गर्दा रञ्जु सिग्देल ८४७ मतमा सीमित भइन ।  पराजुलीकै प्यानलबाट महिला सदस्यमा सबिना कोइराला (शोभा) र मिना ढकाल विजयी भए ।
उद्योग तर्फ सिग्देल प्यानलका अभिषेक बस्नेत,राजेन्द्र केशरी घिमिरे र दिलीप पराजुली र जीवन प्यानलका विष्णु नारायण डाँगी नयाँ कार्यसमितिमा चयन भए । 
२२ जना मतदाता रहेको वस्तुगत तर्फ विनोद पौडेल र  उमानाथ दाहाल विजयी भए । वाणिज्य सदस्यमा सिनेट रिजाल, राकेश श्रेष्ठ, ध्रुव अधिकारी, बलबहादुर न्यौपाने, सञ्जय शाह, अशोक अग्रवाल, शन्नी चौधरी, सुरेश कार्की, ढुण्डीराज गुरागाईँ विजयी भएका छन् । एसोसिएट सदस्यमा राजीव घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।