वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारी दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा विराटनगर फुटबल क्लब मोरङ विजयी भएको छ। 
सप्तकोसी युवा क्लब देविघाटलाई शून्यका विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । 
खेलको ५८ औँ मिनेटमा विराटनगरका जर्सी नं. १९ का खेलाडी सन्दीप राईले गरेको गोल निर्णायक बने पछि विराटनगरले सप्तकोसी विरुद्ध सङ्घर्षपूर्ण जित निकाल्न सफल भएको थियो । 
खेलको म्यान अफ द म्याच खेलमा निर्णायक गोल गरेका विराटनगरका सन्दीप राई घोषित भए । उनले नगद १ हजार सहित ट्रफी हात पारेका थिए । 
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत मङ्गलवार अन्तिम क्वाटर फाइनल खेल तालतलैया फुटबल क्लब इटहरी र राजावास यूथ क्लब राजाबासबीच खेल हुने क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले बताए।