वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारी दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाञ्चायन फुटबल क्लब रामधुनी विजयी भएको छ। 
विराटनगर सिटी फुटबल क्लब मोरङलाई १ विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै पाञ्चायन फाइनलमा प्रवेश गरेको हो । खेलको १३ औँ मिनेटमा विराटनगर जर्सी नं.१९ का संन्दिप राईले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको पाञ्चायनले दोस्रो हाफमा खेलमा फर्केको थियो। 
पञ्चायनकालागि खेलको ३९ मिनेटमा जर्सी नं १८ का खेलाडी पूजन चौधरीले बराबरी गोल गरेका थिए। दोस्रो हाफमा विराटनगर विरुद्ध आक्रामक बनेको पाञ्चायनले खेलको अतिरिक्त थप समयमा पञ्चायनका जर्सी नं २३ का संन्दिप लिम्बूले १ गोल गरेपछि पाञ्चायनले १ विरुद्ध २ गोल अन्तरले विराटनगरलाई पराजित गर्न सफल बनेको थियो ।
खेलमा निर्णायक गोल गरेका पञ्चायनका संन्दिप लिम्बू म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार सहित ट्रफी हात पारे  
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत अन्तिम सेमिफाइनल खेल बिहीबार रामधुनी आदर्श फुटबल क्लब रामधुनि र राजावास यूथ क्लब राजावास बिच खेल हुने क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले बताए ।