वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवनमा जारी दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको अन्तिम  क्वाटर फाइनल खेलमा राजावास यूथ क्लब राजाबास विजयी भएको छ। 
तालतलैया फुटबल क्लब तालतलैयालाई शून्यका विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै राजावास सेमिफाइनलमा प्रवेश गरेको हो । 
खेलको ३७ औ मिनेटमा राजावासका जर्सी नं.१३ का मेखा लिम्बूले  गरेको गोल निर्णायक बने पछि राजाबासले तालतलैया विरुद्ध सङ्घर्षपूर्ण जित निकाल्न सफल भएको थियो ।
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधवार पाञ्चायन फुटबल क्लब रामधुनी र विराटनगर सिटी फुटबल क्लब मोरङ्गबीच खेल हुने क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले बताए ।