इटहरी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय सचिवमा आरती भट्टराई विजयी भएकी छिन् । 

नेकपा एमालेको विद्यार्थी भातृ सङ्गठन अनेरास्ववियुको २३ औ महाधिवेशनबाट सुनसरीकी भट्टराई निर्वाचित भएकी हुन् । भट्टराई सुनसरी बाट प्रतिनिधित्व गर्ने एकल पदाधिकारीमा हुन् । प्रारम्भिक कमिटी बाट राजनीति सुरु गरेकी भट्टराई सुनसरीकी उदयिमान नेतृ हुन् ।

सुनसरीबाटै अध्यक्षमा लोकेश निरौला, उपाध्यक्षमा एकराज दाहाल, सचिवमा अन्जु पाण्डे र भट्टराईले उम्मेदवारी दिएका थिए । त्यसमध्ये भट्टराई निर्वाचित भएकी हुन । 

यी हुन निर्वाचित पदाधिकारी

अध्यक्ष : समिक बडाल

उपाध्यक्ष  :  गोविन्द गिरी

उपाध्यक्ष : धर्म गिरी

उपाध्यक्ष : नारायण घर्ती

उपाध्यक्ष : मर्यादा विष्ट 

महासचिव : नरेश रोकाया

सचिव : सञ्जीव धिताल

सचिब: दीपक धामी

सचिव : डा.सुजन कडरिया 

सचिव : प्रकाश पौडेल

सचिव : दीपेश प्रसाईँ

सचिव  : आशीर्वाद सुबेदी 

सचिव : मनोज ताम्लि

सचिव : अञ्जना सिवाकोटी

सचिव : आरती भट्टराई 

सचिव : विनीता काफ्ले

कोषाध्यक्ष : सङ्गम अर्याल