धरान : बुढासुब्बा गोल्डकप फुटबल आयोजक धरान फुटबल क्लबले शुक्रवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै २२ औँ गोल्डकप प्रतियोगिताको पुरस्कार स्वरूप प्रदान गर्नुपर्ने रकम १२ लाख ५० हजार रुपया मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई उपलब्ध गराइएको जनाएको छ ।
२३ औँ गोल्डकपको तयारीमा रहेको धरान फुटबल क्लबले २२ औँ गोल्डकप सम्पन्न भए लगत्तै कोरोना महामारीका कारण दुई वर्प प्रतियोगिता स्थगित भएको र स्थिति सामान्य हुन धेरै समय लागेकोले अथक प्रयासका बाबजुद उक्त संस्करणको पुरस्कार राशि समयमै प्रदान गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ । 
पछिल्लो पटक क्लबले २३ औँ गोल्डकप भन्दा अगावै उक्त रकम उपलब्ध गराउने सार्वजनिक वचनबद्धता जनाए अनुसार सम्बन्धित क्लबलाइ रकम उपलब्ध गराएको हो । क्लबको विज्ञप्तिमा भनिएको छ ‘बाध्यात्मक परिस्थितिका कारण ढिलै भए पनि हामीले आफ्नो कर्तव्य पुरा गरेका छौँ ।’  
२२ औँ गोल्डकपमा मनाङ मर्स्याङ्दी विजेता बनेको थियो । नेपाल पुलिस क्लब उपविजेता रहेको थियो । विजेताको पुरस्कार राशि १० लाख रुपया थियो । त्यसमा भुक्तानी गरेको रकम मध्ये बाँकी रहेको ७ लाख ५० हजार रुपया मनाङ मर्स्याङ्दी क्लबलाई उपलब्ध गराइएको हो । उपविजेताको ५ लाख रुपया पुलिस क्लबलाई बुझाइएको क्लबका सचिव सुदिप उप्रेतीले बताए ।
SDC-PR-puraskar